:: दीर्घकालिन सोच र कार्यक्रम
आ.व.०६७।६८ को कार्यक्रम र प्रगति
आ.व.०६७।६८ मा यस कार्यालय र अर्न्तर्गतका केन्द्रहरुबाट २५५८१ जनालाई विभिन्न किसिमका व्यावसायिक तथा सीपमूलक तालिम दिने लक्ष्य रहेकोमा यस केन्द्रको विनियोजित बजेटबाट २१३८१ जना, रोजगार प्रवर्द्धन बोर्डबाट प्राप्त बजेटबाट ३००० जना तथा शान्ति तथा पुनःस्थापना मन्त्रालयबाट प्राप्त बजेटबाट १२०० जनालाई तालिम दिने लक्ष्य रहेको छ। चालु आ.व.को अर्ध वाषिर्क अवधिसम्म ७४९५ जनालाई तालिम प्रदान गरिसकिएको छ।
दीर्घकालिन सोच र कार्यक्रम (Long Term Theme & Programme):
- क्षेत्रगत एवं भौगोलिक सन्तुलन कायमर्दे व्यावसायिक तथा सीप विकास तालिम केन्द्रहरुको विस्तार गर्ने र स्थानीय, राष्ट्रिय एवं अन्तराष्ट्रिय श्रमबजारको माग अनुरुप बृहत्तर स्तरमा व्यावसायिक एवं सिपमूलक तालिम सञ्चालन व्यवस्थापनको माध्यमबाट दक्ष एवं क्षमतायुत्त श्रमशक्ति उत्पादन गर्ने।
- व्यावसायिक एवं सीप विकास तालिम केन्दहरुको मौजुदा भौतिक लगायतका पुर्वाधार एवं जनशत्तिःको अधिकतम तथा स्वतस्फुर्त परिचालन हुने संस्कृतिको विकासको माध्यमबाट थप संख्या र गुणस्तरयुक्त व्यावसायिक तथा सीपमूलक तालिमहरु दोहोरोसत्र मा संचालन गर्ने।
- जिल्लास्तर सम्म व्यावसायिक तथा सीप विकास तालिम केन्दहरुलाई अर्ध स्वायत्तता प्रदान गर्दे "नपर्ख, हेर र जानु" को सिद्धान्त अख्तियार गरी थप संख्या र सत्रमा नियमित संचालन भइरहेका तालिमका अतिरिक्त थप आवश्यक विषयका तालिम संचालन गर्दे क्रमशः आय आर्जनको माध्यमबाट आत्मनिर्भरता को लागि सीप विकास तालिम केन्द्रहरुका गतिविधीहरुमा व्यावसायिकरण गर्दे लैजाने।
- गैर कानूनी तथा अमर्यादित क्षेत्रमा कार्यरत बाल श्रमिकहरुलाई उद्दार गरी प्राप्त भएका बालबालिकाहरुलाई निश्चिन अवधिसम्म आवासिय सुविधासहितको व्यावसायिक तथा सीपमूलक तालिमहरु संचालन गरी जीवनयापनको मार्गहरुलाई सहज र मर्यादित बनाई बाल श्रम निवारणको लागि निरन्तर क्रियाशिल रहने।